काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षा मन्त्रीबाट विद्या भट्टराईले असहयोगकै कारण राजीनामा दिएको इङ्गित गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले इमान्दार र नैतिकता उच्च भएको व्यक्तिले राजीनामा दिनुपरेको भन्दै प्रश्न उठाएकी छिन् । ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुर्यो विद्या भट्टराई सक्षम, इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएकाले राजीनमा दिनुपरेको हो ?’ शाक्यको प्रश्न छ ।
शिक्षामन्त्रीलाई सहयोग नभएकोबारे पनि शाक्यले प्रश्न उठाएकी छिन् । ‘ उहाँलाई सहयोग किन भएन ?’ उनको प्रश्न छ ।
राजीनामाले भट्टराईको नैतिक धरातल झन उच्च भएको शाक्यको भनाइ छ । उनको इमान र नैतिकता सबैका लागि प्रेरणा बन्ने शाक्यले उल्लेख गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको श्रृङ्खलाबद्ध असहयोग र अपमानका कारण भट्टराई राजीनमा दिन बाध्य भएकी थिइन् ।
शिक्षकहरूको आन्दोलनका माग सम्बोधनका लागि सात बुँदे प्रस्ताव तयार गर्दै स्रोत सुनिश्चितको बाटोमा अग्रसर हुँदा उनले बजेटका लागि साथ पाएकी थिइनन् ।
Facebook Comment
Comment