सुन तोलाकै २ लाख नजिक, एकैदिन ६९ सयले बढ्यो

नेपालभ्युज

सुन तोलाकै २ लाख नजिक, एकैदिन ६९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाको २ लाख रुपैयाँ ‍नजिक पुगेको छ ।

छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी महासङ्घकाअनुसार यो जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved