नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस (तस्वीरहरू)

नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस (तस्वीरहरू)

काठमाडौं । ब्राजिलका विश्वकप विजेता महान् फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । उनी मङ्गलबार बिहान काठमाडौं आइपुगेका हुन् ।

नेपाल सुपर लिग (एनएसएल)का खेल हेर्न नेपाल भ्रमणमा आएको आयोजक एनएसइएमले जानकारी दिएको छ ।

यसअघि वैशाख ५ गते नै कार्लोस नेपाल आउने तय थियो । तर स्वास्थ्यका कारण उनको भ्रमण पछि सरेको थियो ।

स्पेनिस महान् क्लब रियल मड्रिडका पूर्वखेलाडी कार्लोससहितको ब्राजिलियन टोलीले सन् २००२ मा विश्वकपको उपाधि जितेको थियो ।

लेफ्ट ब्याक पोजिसनमा खेल्ने गरेका कार्लोस फ्रिकिक स्पेसलिस्ट मानिन्थे । उनले केही विश्वकै उत्कृष्ट फ्रिकिक गोल गरेका छन् ।

एनएसएलको फाइनल यही वैशाख १३ गते हुँदैछ ।

यसअघि इटालियन विश्वकप विजेता गोलकिपर जियानलियुजी बुफोन पनि नेपाल आएका थिए ।

तस्वीरहरूमा हेरौं कार्लोसको नेपाल आगमन :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved