आईपीएल

कोलकातामाथिको जितसँगै गुजरात शीर्ष स्थानमा कायमै

नेपालभ्युज

कोलकातामाथिको जितसँगै गुजरात शीर्ष स्थानमा कायमै

काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमै कायम रहन सफल भएको छ ।

सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरात शीर्ष स्थानमा कायमै रहेको हो ।

यससँगै शीर्ष स्थानमा रहेको गुजरातले प्रतियोगितामा छैटौं जित निकालेको छ । उसले १२ अङ्क जोडेको छ ।

इडेन गार्डेनमा जितका लागि १९९ रनको चुनौती पछ्याएको घरेलु टोली कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमा समेटियो ।

ओपनर रहमानुल्लाह गुर्बाज १ रनमा र सुनिल रारायण २७ रनमा आउट भए । लगत्तै भेन्कटेश अयर १४ रनमा पबिलियन फर्किए ।

कप्तान अजिक्य राहाणे अर्धशतक बनाएर चौथो विकेटको रूपमा आउट भए । उनले ३६ बल खेल्दै ५ चौका र १ छक्क प्रहार गरे । यतिबेला कोलकाताले ४ विकेटको नोक्सानीमा मात्र ९१ रन बनाएको थियो ।

त्यसपछि अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन् । आन्द्रे रसेलले २१ रन बनाउँदा अङकृश रघुवंशी २७ रनमा अविजित रहे । गुजरातका प्रसिद्ध कृष्णा र रसिद खानले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर कोलकाताले पहिले गुजरातलाई ब्याटिङको लागि मैदानमा उतारेको थियो । गुजरातले कोलकाताका बलरहरूलाई निरीह बनाउँदै सानदार सुरुवात गरे ।
गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १९८ रन बनायो । ओपनर साई सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे ।

यी दुईले १२ ओभर २ बलमा ११४ रनको साझेदारी गर्दै गुजरातलाई राम्रो सुरुवात दिलाउन सफल रहे । ३६ बलमा ५२ रन जोडेर साई आउट भए भने आन्द्रे रसेलले साझेदारी तोड्दै साईलाई आउट गरे।

त्यसपछि जोश बटलरले शुभमनलाई साथ दिए । दोस्रो विकेटका लागि उनीहरूले ५८ रनको साझेदारी गरे ।

गिल शतकबाट १० रनले चुके । सानदार पारी खेलेका उनले ५५ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गर्दै ९० रनको योगदान दिए ।

जोस बटलर २३ बल खेल्दै ४१ रनमा अविजित रहे । यस्तै शाहरुख खानले अविजित ११ रन जोडे । कोलकाताका मात्र दुई बलर आन्द्रे रसेल र वैभव अरोराले १/१ विकेट लिए ।

यस जितसँगै गुजरातले दोस्रो स्थानमा रहेको दिल्लीसँगको दूरी २ अङ्कले बढाएको छ । यद्यपि दिल्लीले १ खेल कम खेलेको छ ।

अङ्क तालिका :

आफ्नो प्रमुख प्रतिद्वन्द्वी चेन्नईमाथि मुम्बईको सहज जित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved