शिक्षामन्त्रीको राजीनामालगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

शिक्षक आन्दोलनबारे सरकारको निर्णय आउला?

नेपालभ्युज

शिक्षामन्त्रीको राजीनामालगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि बैठक आह्वान गरेका थिए।

बैठक शिक्षामन्त्री विद्या भण्डारीले शिक्षकहरूको माग सम्बोधन हुन नसकेको भन्दै पदबाट राजीनामा दिएलगत्तै सुरु भएको हो। यस घटनाक्रमसँगै सरकार शिक्षकहरूको जारी आन्दोलनलाई लिएर थप दबाबमा परेको छ र आजको मन्त्रिपरिषद् बैठकले शिक्षकहरूको मागका सम्बन्धमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

सरकारले शिक्षकहरूको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै आन्दोलन स्थगित गर्न आग्रह गरे पनि शिक्षक महासङ्घले  आन्दोलनलाई निरन्तरता दिइरहेको छ। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले माग पूरा नभएसम्म माइतीघर क्षेत्रमा शान्तिपूर्ण आन्दोलन जारी रहने अडान लिएका छन्।

सरकारले भने वैशाख १२ गतेका लागि संसद बैठक आह्वान भइसकेको र सोही अधिवेशनबाट शिक्षा विधेयक पारित गर्ने आश्वासन दिँदै आएको छ। तर, शिक्षकहरूले ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

शिक्षामन्त्रीको राजीनामाले सरकार र प्रधानमन्त्री ओलीलाई थप अप्ठ्यारोमा पारेको छ। आजको मन्त्रिपरिषद् बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको नियमित प्रशासनिक कार्यका विषयमा पनि छलफल र आवश्यक निर्णय हुने बताइएको छ। सबैको नजर आजको बैठकले शिक्षकहरूको मागलाई कसरी सम्बोधन गर्छ भन्नेमा केन्द्रित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved