लक्ष्मी ग्रुप एस एम एल इसुजुको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता नियुक्त

नेपालभ्युज

लक्ष्मी ग्रुप एस एम एल इसुजुको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता नियुक्त

काठमाडौं । जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एस एम एल इसुजुले नेपालका लागि आफ्नो एकमात्र आधिकारिक बिक्रेताको रूपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ। बस तथा ट्रक निर्माण गर्दै आएको एस एम एल इसुजुका सवारी साधनहरू नेपाली भू-बनोट र बजारमा लामो समयदेखि लोकप्रिय छन्।

आधिकारिक बिक्रेताको रूपमा नियुक्त भएपछि लक्ष्मी कमर्सियल भेहिकल्सले नेपालमा एस एम एल इसुजुको बजार विस्तार र सुदृढीकरणका लागि थप आक्रामक रूपमा काम गर्ने जनाएको छ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले विगत सात वर्षदेखि एस एम एल इसुजुका सवारी साधन बिक्री गर्दै आएको छ। कम्पनीका सेल्स हेड सञ्जय खड्काका अनुसार हाल नेपालका सातै प्रदेशमा यसको सेल्स तथा सर्भिस सञ्जाल रहेको छ र आगामी दिनमा यसलाई अझ विस्तार गरिनेछ।

खड्काले ग्राहकहरूको सहजताका लागि देशभर स्पेयर पार्ट्सको उपलब्धता सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे। एस एम एल इसुजुले लक्ष्मी कमर्सियल भेहिकल्सको समर्पण, प्रतिबद्धता र मेहनतलाई मध्यनजर गर्दै एकमात्र आधिकारिक वितरकको जिम्मेवारी दिएकोमा कम्पनी अत्यन्त खुसी र उत्साहित रहेको उनले बताए।

एस एम एल इसुजुले नेपाली बजारमा लाइट तथा मिडियम ट्रक, टिप्परका साथै स्कुल बस र स्टाफ बस अन्तर्गत विभिन्न क्षमताका बस र ट्रकहरू उपलब्ध गराउँदै आएको छ। विशेषगरी स्कुल बस सेग्मेन्टमा यो ब्राण्डले लामो समयदेखि अग्रणी स्थान कायम राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved