हेलो सरकारको लापरबाही : नागरिकको व्यक्तिगत विवरण सार्वजनिक

नेपालभ्युज

हेलो सरकारको लापरबाही : नागरिकको व्यक्तिगत विवरण सार्वजनिक

काठमाडौं । नागरिकका समस्या समाधान गर्न बनाइएको हेलो सरकारले आफ्नो सामाजिक सञ्जालमा नागरिककै व्यक्तिगत विवरण सार्वजनिक गरेको छ ।

हेलो सरकारले आफ्नो आधिकारिक फेसबुक र एक्समा नागरिकको सवारीचालक अनुमतिपत्र नम्बर सार्वजनिक गरेको छ ।

२०६८ सालमा सुरु गरिएको हेलो सरकारले सामाजिक सञ्जाल र फोन मार्फत नागरिकले गरेका गुनासो सम्बोधन गर्ने गर्छ ।

‘जनताको गुनासो सम्बोधन गर्ने हाम्रो दायित्व’ लेख्दै सरकारले एकजनाको सवारी चालक अनुमतिपत्र नम्बर सार्वजनिक गरेको छ । उसले लेखेको छ, ‘एक नागरिक एप प्रयोगकर्ता हुनुहुन्छ । उहाँको सवारीचालक अनुमति पत्र…का निम्ति नागरिक एपमा लग–इन गर्दा सवारीचालक अनुमति पत्र विवरण देखिएन । पटक पटकको प्रयत्नमा पनि समस्या सामाधान नभएपछि अब के गर्ने कहाँ सम्पर्क गर्ने थाहा नभएर उहाँले हेलो सरकारमा गुनासो राख्नुभयो । हेलो सरकारले उहाँलाइ तत्काल फोन गरी ११०१ मा फोन गर्न सुझाएपछी अहिले उहाँको समस्या सामाधान भएको छ ।आशिष रानाले हेलो सरकारलाई धन्यवाद् दिनु भएको छ ।’

हेलो सरकारको पोष्टमा धेरै प्रयोगकर्ताले सवारी चालक अनुमतिपत्र नम्बर सार्वजनिक गरेको भन्दै हेलो सरकारको आलोचना गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved