शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

नेपालभ्युज

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शिक्षकहरुको आन्दोलन चर्किरहेको बेलामा मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरु २० दिनदेखि सडकमा छन् ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदाझैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved