सप्तकोशीमा नुहाउन गएका दुई जना बेपत्ता, गोताखोर परिचालन

नेपालभ्युज

सप्तकोशीमा नुहाउन गएका दुई जना बेपत्ता, गोताखोर परिचालन

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिरस्थित सप्तकोशीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् ।

खोटाङ्गको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षिय नवराज बास्तोला र सुनसरीको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षिय जेनिश आचार्य सोमबार बिहान साढे ८ बजे नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ताहरुको खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सुरक्षाफौज खटिएर खोजी गरिरहेकोमा फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको छ ।

गोताखोरसहितको टोली घटनास्थल पुगेर खोजि कार्य सुरु गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved