बीसीसीआईले सार्वजनिक गर्‍यो केन्द्रीय सम्झौता, कुन-कुन खेलाडी परे ?

नेपालभ्युज

बीसीसीआईले सार्वजनिक गर्‍यो केन्द्रीय सम्झौता, कुन-कुन खेलाडी परे ?

काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) ले पुरुष खेलाडीहरूको लागि वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ ।

यस पटक ‘ए’ प्लस श्रेणीमा चार खेलाडी समावेश भएका छन्, जसमा रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह र रवीन्द्र जडेजा छन् । जबकि इशान किशन र श्रेयस अय्यर वार्षिक सम्झौतामा फर्किएका छन् ।

अभिषेक शर्मा, नितिश रेड्डी र वरुण चक्रवर्ती पहिलो पटक बीसीसीआईको केन्द्रीय सम्झौतामा सामेल भएका छन् । वरुणले च्याम्पियन्स ट्रफी २०२५ मा ९ विकेट लिएका थिए ।

यसैबीच अभिषेक शर्माले २०२४-२५ मा खेलेका १२ टी-२० अन्तर्राष्ट्रिय खेलमा २००.४८ को स्ट्राइक रेटमा ४११ रन बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved