काठमाडौं । आईपीएल (IPL) को ३९ औं खेलमा आज कोलकाता नाइट राइडर्स (केकेआर) र गुजरात टाइटन्स (जीटी) को सामना भिड्दैछन् ।
खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेन स्टेडियममा नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ । यस सिजनमा दुवै टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।
जारी सिजनमा गुजरात ७ खेलमा ५ जितसहित अङ्क तालिकामा शीर्ष स्थानमा छ । अर्कोतर्फ डिफेन्डिङ च्याम्पियन कोलकाताले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । कोलकाता ७ खेलमा ३ जितसहित अङ्क तालिकामा छैटौं स्थानमा छ । प्लेअफलाई ध्यानमा राख्दै दुवै टोलीका लागि यो खेल जित्नु धेरै महत्त्वपूर्ण छ ।
दुवै टोली पाँचौं पटक आमनेसामने हुँदै
गुजरात र कोलकाता आईपीएलमा पाँचौं पटक आमनेसामने हुन लागेका हुन् । अहिलेसम्म यी दुई टोलीबीच ४ वटा आईपीएल खेल भइसकेका छन् । गुजरातले २ र कोलकाताले १ जित हासिल गरेको छ । जबकि एउटा खेल वर्षाका कारण रद्द भयो ।
नरेन्द्र मोदी रङ्गशालामा दुवै टोली एकपटक भिडेका थिए, त्यो खेल केकेआरले ३ विकेटले जितेको थियो ।
जारी सिजनमा कप्तान अजिंक्य रहाणे केकेआरका सर्वाधिक स्कोरर हुन् । उनले ७ खेलमा कुल २२१ रन बनाएका छन् । आफ्नो पहिलो खेलमा उनले आरसीबीविरुद्ध ३१ बलमा ५६ रनको अर्धशतक बनाएका थिए ।
बलिङमा वरुण चक्रवर्तीले ७ खेलमा १० विकेट लिएका छन् । उनी केकेआरका सर्वाधिक विकेट लिने बलर हुन् ।
गुजरातका ब्याट्सम्यान साई सुदर्शन टोलीका सर्वाधिक स्कोरर हुन् । उनले ७ खेलमा कुल ३६५ रन बनाएका छन् । सुदर्शनले यस सिजनमा अहिलेसम्म ४ अर्धशतक बनाएका छन् । उनी यस सिजनमा दोस्रो सर्वाधिक रन बनाउने पनि खेलाडी हुन् ।
बलरमा प्रसिद्ध कृष्ण शीर्ष स्थानमा छन् । उनले ७ खेलमा कुल १४ विकेट लिएका छन् । उनले पञ्जाब किङ्ग्सविरुद्ध ३० रन खर्चेर ३ विकेट लिए ।
पिच रिपोर्ट
इडेन गार्डेन स्टेडियमको पिच ब्याटिङमैत्री छ । यस रङ्गशालामा हालसम्म ९६ आईपीएल खेलहरू खेलिएका छन् । यहाँ पहिले ब्याटिङ गर्ने टोलीहरूले ४० खेल जितेका छन् र पछ्याउने टोलीहरूले ५६ खेल जितेका छन् । यस रङ्गशालाको उच्चतम टोली स्कोर २६२/२ हो, जुन गत सिजन पञ्जाबले कोलकाताविरुद्ध बनाएको थियो ।
सम्भावित प्लेइङ-१२
गुजरात : शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर, शाहरुख खान, राशिद खान, राहुल तेवाटिया, अरशद खान, साई किशोर, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, इशान्त शर्मा, शेरफान रदरफोर्ड ।
कोलकाता : अजिङ्क्य रहाणे (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), सुनील नारायण, भेंकटेश अय्यर, आन्द्रे रसेल, रिङ्कु सिंह, रमनदीप सिंह, हर्षित राना, वैभव अरोरा, वरुण चक्रवर्ती, एनरिक नोर्त्या, अङ्क्रिश रघुवंशी ।
Facebook Comment
Comment