शिक्षकहरूले आज २०औं दिन पनि दिए आन्दोलनलाई निरन्तरता

नेपालभ्युज

शिक्षकहरूले आज २०औं दिन पनि दिए आन्दोलनलाई निरन्तरता

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरूले आज (सोमबार) पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा २०औं दिन आज पनि काठमाडौंमा प्रदर्शन भइरहेको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आजको प्रदर्शन बिहान ९ बजे माइतीघर मण्डलामा सुरु भएको छ ।

उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदाझैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् ।

शिक्षकहरू गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलनरत छन् । उनीहरू नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् ।

शिक्षकको आन्दोलनले आज पनि सवारी आवागमनमा बाधा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved