पाल्पामा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु, चारजना घाइते

नेपालभ्युज

पाल्पामा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु, चारजना घाइते
सांकेतिक तस्वीर

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिका–४ मलेङस्थित बेलडाँडामा आइतबार साँझ जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

लु १ ज १७२४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका –१ की १८ वर्षीया एलिसा सारूको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ ।

गाडीमा नौजना सवार थिए । घाइते मध्ये ३६ वर्षीया नीता दर्लामीको अवस्था गम्भीर रहेको प्रनाउ मल्लले बताए । घाइते अन्यको परिचय खुल्न सकेको छैन । घाइते चारै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

साँघुरो घुम्तीका कारण जिप दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved