अमेरिकामा विमान दुर्घटना, तीन जनाको शव निकालियो

नेपालभ्युज

अमेरिकामा विमान दुर्घटना, तीन जनाको शव निकालियो

एजेन्सी । अमेरिकाको नेब्रास्कामा विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मध्यपूर्वी नेब्रास्का राज्यको स्थानीय समयअनुसार बेलुकी ८ बजेपछि फ्रेमन्ट सहरको दक्षिणतर्फ प्लाट नदीमा सिसाना १८० मोडलको सानो विमान खसेको थियो।

डज काउन्टी शेरिफ अफिसकी सार्जेन्ट ब्री र्फ्याङ्कले पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, दुर्घटना फ्रेमन्ट ओमाहाबाट करिब ४० माइल उत्तरपश्चिममा भएको थियो। विभिन्न उद्धार टोलीको सहयोगमा २४ घण्टाभित्रै तीनै जनाको शव घटनास्थलबाट निकालिएको छ।

संघीय उड्डयन प्रशासनले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धान अधिकृतहरूले दुर्घटनास्थलको अवलोकन तथा विमानको प्रारम्भिक जाँच गरिसकेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved