अस्कल क्याम्पसका स्ववियु सचिव प्रहरी जवानको नक्कली परीक्षार्थी बनेपछि…

नेपालभ्युज

अस्कल क्याम्पसका स्ववियु सचिव प्रहरी जवानको नक्कली परीक्षार्थी बनेपछि…

काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) का स्ववियु सचिव गोपालबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराका अनुसार, शाही नेपाल प्रहरीको जवान पदको परीक्षामा अर्का व्यक्तिको नाममा सहभागी भइरहेको अवस्थामा पक्राउ परेका हुन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट स्ववियु सचिवमा निर्वाचित भएका शाहीलाई नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको प्रहरी जवान पदको लिखित परीक्षामा नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

गत चैत १० गते अस्कल क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल विजयी भएको थियो, जसमा शाही सचिव पदमा निर्वाचित भएका थिए। प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved