मूलपानी क्रिकेट मैदानको पिचबाट कभर हटाइयो (तस्वीरहरू)

मूलपानी क्रिकेट मैदानको पिचबाट कभर हटाइयो (तस्वीरहरू)

काठमाडौं । मूलपानी क्रिकेट मैदानको पिचबाट कभर हटाइएको छ ।

अहिले बाउन्ड्री मिलाउने र मैदानबाट पानी सुकाउने काम भइरहेको हो । मैदानमा भित्र र बाहिर अहिले दर्शकहरु आउने क्रम जारी छ ।

पछिल्लो एक घण्टा देखि पानी रोकिएको छ । मैदानको अर्को निरिक्षण भने साढे १ मा हुने क्यानले जनाएको छ ।

अब अर्को निरिक्षण भने २ बजे हुनेछ । सम्भवत अगामी निरीक्षण अन्तिम हुने र खेल गराउने वा नगराउने भन्ने बारे अन्तिम निर्णय लिइने क्यानले जनाएको छ ।

आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीच हुने निर्णायक खेल वर्षाका कारण प्रभावित भएको थियो । खेल बिहान साढे ९ बजेदेखि हुने तय भए पनि वर्षाका कारण प्रभावित भएको हो ।

काठमाडौं उपत्यकालगायत देश विभिन्न ठाउँमा शनिवार बिहानैदेखि भइरहेको वर्षका कारण मैदान भिजेपछ टस र खेल समयमा सुरु हुन सकेको थिएन ।

नेपाल र अफगानिस्तान दुवैले हालसम्म खेलेका ३ वटै खेल जिते पनि नेट रनरेटमा अफगानिस्तान अगाडि छ । आजको खेल सम्भव नभएमा दुवै टोली अंक बाँड्नेछन् भने नेटरनरेटमा अगाडि भएको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ ।

(मुलपानी क्रिकेट मैदानको तस्वीर)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved