बारामा कार र टिप्पर ठोक्किँदा दुई जनाको मृत्यु

नेपालभ्युज

बारामा कार र टिप्पर ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । बाराको भुँईपुल नजिकको क्षेत्रमा कार र टिप्पर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–०२५ च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा नाम नखुलेका कार चालक एकजना र सर्लाही बरहथवा नगरपालिका–१५ हजरियाका नारायणहरि शर्मा रहेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पथलैया–निजगढ सडकखण्डको १३ किलो भन्ने स्थानमा शुक्रबार दिउँसो सवारी दुर्घटना भएको बारा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कारलाई ठक्कर दिने टिप्परका चालक फरार रहेकालाई खोजी भइरहेको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved