मोदी र मस्कबीच विभिन्न मुद्दामा छलफल

नेपालभ्युज

मोदी र मस्कबीच विभिन्न मुद्दामा छलफल

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अर्बपति तथा अमेरिकी प्रशासनका डीओजीई (सरकार दक्षता विभाग) प्रमुख इलोन मस्कसँग कुरा गरेका छन् ।

यसको जानकारी मोदीले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

‘मैले एलोन मस्कसँग विभिन्न मुद्दामा छलफल गरेँ । जसमा यस वर्षको सुरुमा वाशिङ्गटन डीसीमा भएको हाम्रो बैठकमा छलफल गरिएका मुद्दाहरू पनि समावेश छन्,’ एक्समा उनले लेखेका छन्, ‘हामीले प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहयोगको अपार सम्भावनाको बारेमा छलफल गर्यौं । भारत यी क्षेत्रहरूमा अमेरिकासँगको साझेदारीलाई अगाडि बढाउन प्रतिबद्ध छ ।’

भारतीय प्रधानमन्त्री मोदीले फेब्रुअरीमा अमेरिकाको भ्रमण गरेका थिए । यसै क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलोन मस्कलाई भेटेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved