प्रधानमन्त्री, मन्त्री र मेयरले उद्घाटन गरे ६ लेनको राजमार्ग

नेपालभ्युज

प्रधानमन्त्री, मन्त्री र मेयरले उद्घाटन गरे ६ लेनको राजमार्ग

चितवन । नारायणगढदेखि गोन्द्राङसम्मको ६ किलोमिटर सडक उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

निर्माण कम्पनी सगुन कन्स्ट्रक्सन प्रालिले ६ लेनको उक्त सडक एसियाली मापदण्डअनुसार निर्माण गरेको हो ।

पहिले दुई लेन मात्रै रहेको सडकलाई विस्तार गरेर बीचमा चार लेन र दुवै साइडतर्फ थप १/१ सर्भिस लेन थप गरिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved