बोर्डले भन्यो – कक्षा १२ को परीक्षा स्थगित भन्ने सूचना भ्रामक

नेपालभ्युज

बोर्डले भन्यो – कक्षा १२ को परीक्षा स्थगित भन्ने सूचना भ्रामक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा आएको कक्षा १२ को परीक्षा स्थगित भन्ने सूचना भ्रामक रहेको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै बोर्डले कक्षा १२ को परीक्षा तोकिएको समयमै हुने जनाएको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘कक्षा १२ को परीक्षाका सम्बन्धमा विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ ।’

परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यानेट हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सार्वजनिक गर्ने उपर साइबर कानुन अनुसार कारबाही प्रक्रिया अगाडी बढाइएकोसमेत बोर्डले जनाएको छ ।

 

– यसअघि भूलवश गलत सूचना प्रवाह भएकाले सच्याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved