आईपीएलमा आज बेंगलुरु र पञ्जाब भिड्दै, शीर्ष स्थानमा पुग्ने प्रतिस्पर्धा

नेपालभ्युज

आईपीएलमा आज बेंगलुरु र पञ्जाब भिड्दै, शीर्ष स्थानमा पुग्ने प्रतिस्पर्धा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आज शुक्रबार रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।

जारी सिजनमा बेंगलुरु र पञ्जाब दुवैले समान ६ खेल खेलेका छन् र दुवै टोलीले ४ जित तथा २ हार बेहोरेका छन्। दुवैको समान ८ अंक भए पनि नेट रनरेटका आधारमा बेंगलुरु तेस्रो र पञ्जाब चौथो स्थानमा छन्।

बेंगलुरुलाई आज घरेलु मैदानमा जित निकाल्ने दबाब हुनेछ किनकि यसअघि दुवै हार उसले आफ्नै मैदानमा भोगेको छ। यद्यपि, दुवै टोली आफ्नो पछिल्लो खेलमा जित हासिल गर्दै आज भिड्न लागेका हुन्।

आजको खेल जित्ने टोलीलाई अंक तालिकाको शीर्ष स्थानमा पुग्ने अवसर छ। शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको ६ खेलमा १० अंक छ। आजको खेलमा जित हात पारेमा बेंगलुरु नेट रनरेटमा दिल्लीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिन सक्छ। पञ्जाबलाई भने शीर्ष स्थानमा पुग्न ठूलो अन्तरको जित आवश्यक पर्नेछ।

आईपीएलको इतिहासमा उपाधि जित्न नसकेका यी दुवै टोली यस सिजन लयमा देखिएका छन्। अंक तालिकाको शीर्ष ५ मा रहेका ४ टोली उपाधि विहीन छन् भने सर्वाधिक उपाधि जितेका टोलीहरू तालिकाको तल्लो भागमा रहेकाले यस पटक नयाँ टोलीले उपाधि जित्ने सम्भावना देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved