रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित

नेपालभ्युज

रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित

काठमाडौं । ब्राजिलियन विश्वकप विजेता महान फुटबलर रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित भएको छ ।

नेपाल सुपर लिग (एनएसएल) आयोजक एनएसइएमले उनको शुक्रबारका लागि तय भएको नेपाल भ्रमण स्थगित भएको जानकारी गराएको हो ।

कार्लोसले आफ्नो स्वास्थ्यको कारण देखाउँदै नेपाल भ्रमण स्थगित गरेको आयोजकले जनाएको छ ।

यद्यपि एनएसएलको फाइनलअघि कार्लोस नेपाल आउने एनएसइएमले दाबी गरेको छ । फाइनल यही चैत १३ गते हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved