बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस जारी

नेपालभ्युज

बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस जारी

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख (मेयर) भरतकुमार थापाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा बहस जारी छ ।

न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायणसिंह राई र विदुर कोइरालाको इजलासमा बिहीबार मुद्दाको बहस जारी रहेको हो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको दाबीसहित मेयर थापासहित चारजनाविरुद्ध २८ चैत २०८० मा मुद्दा दर्ता गरेको थियो ।

यस्तै ०७४ असोजदेखि ७९ माघसम्म सार्वजनिक पदधारण गर्दाको अवधिमा थापाले अवैध रुपमा पाँच करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबीसहित अभियोग लगाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved