गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध सकियो

नेपालभ्युज

गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध सकियो

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापामाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको १० वर्षे प्रतिबन्ध समाप्त भएको छ ।

फिफाले थापामाथि १६ अप्रिल २०१५ मा प्रतिबन्ध लगाएको थियो, जुन १५ अप्रिल २०२५ मा आएर समाप्त भएको हो ।

थापाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले भोगेको दशक लामो अवरोधपूर्ण यात्रा अब अन्त्यमा पुगेको जानकारी दिएका छन् । उनले यो यात्रा चुनौतीपूर्ण रहेको भए पनि यस अवधिमा परिवार, साथीहरू, शुभेच्छुकहरू तथा फुटबलप्रेमीहरूले दिएको साथ, सहयोग र समर्थनप्रति आभार व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved