के हो माइक्रो चिटिङ ?

नेपालभ्युज

के हो माइक्रो चिटिङ ?

काठमाडौं । कुनै पनि सम्बन्ध विश्वास र इमानदारितामा अडिएको हुन्छ ।

यदि पार्टनर तपाईंप्रति इमानदार छैन भने, यस्तो सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन । अब इमानदारिताको बुझाइ फरक-फरक हुनसक्छ ।

धेरैजसो मानिसहरूले आफ्नो पार्टनरबाहेक अरू कुनै व्यक्तिसँग शारीरिक सम्बन्ध नराख्नुलाई इमानदारिता भन्ने बुझ्न सक्छन् तर सम्बन्धमा इमानदारिता यति मात्रमा सीमित छैन ।

कहिलेकाहीँ मानिसहरूले यस्तो कुराहरू गर्छन्, जुन धोका जस्तो लाग्दैन तर पनि सम्बन्धमा दूरी ल्याउन सक्छ । यसलाई माइक्रो–चिटिङ भनिन्छ । यी साना–साना कामहरू हुन्, जसले तपाईंको पार्टनरको भावनामा चोट पुर्‍याउन सक्छन् र आगामी दिनमा सम्बन्धलाई कमजोर पार्न सक्छन् । आउनुहोस्, माइक्रो–चिटिङका केही सामान्य लक्षणहरू जानौँ –

  • आफ्नो सम्बन्धलाई लुकाउनु वा त्यसबारे झुट बोल्नु । सरल भाषामा भन्दा यदि तपाईंको पार्टनरले जानाजानी मानिसहरूसँग आफ्नो सम्बन्धलाई लुकाउँछ वा सम्बन्धमा हुँदा पनि आफूलाई सिङ्गल बताउँछ भने, यसलाई माइक्रो–चिटिङ भनिन्छ ।
  • अर्को व्यक्तिसँग फ्लर्ट गर्नु । यदि तपाईंको पार्टनर अरू कसैसँग रोमान्टिक कुरा गरिरहेको छ वा मजाकमै कसैसँग फ्लर्ट गरिरहेको छ भने, यसलाई माइक्रो–चिटिङ मानिन्छ ।
  • धेरै व्यक्तिहरू आफ्नो एक्ससँग जोडिएका रहन्छन् वा सोसल मिडियामा उनीहरूलाई निरन्तर हेर्ने गर्छन् । यो बानीले तपाईंको अहिलेको सम्बन्धलाई नोक्सान पुर्‍याउन सक्छ, र पुराना सम्बन्धहरू फेरि बढाउने खतरा पनि बन्न सक्छ ।
  • आफ्नो पार्टनरबाट लुकेर कसैसँग भेट्नु वा मित्रता बढाउनु पनि माइक्रो–चिटिङको हिस्सा हो ।
  • सोसल मिडियामा कसैको तस्बिरलाई बारम्बार लाइक गर्नु, आकर्षक कमेन्ट गर्नु वा यस्ता अकाउन्टहरू फलो गर्नु जुन तपाईंको सम्बन्धको लागि खतरा बन्न सक्छन्, यी सबै यस्ता सङ्केतहरू हुन् जसलाई बेवास्ता गर्नु हुँदैन ।
  • यदि तपाईं कुनै यस्तो व्यक्ति जसले तपाईंलाई मन पराउँछ वा जोसँग तपाईं आकर्षित हुनुहुन्छ, उनीहरूसँग आफ्नो पार्टनरको कुरा काट्नुहुन्छ भने यो गलत हो र यसलाई पनि माइक्रो–चिटिङ मानिन्छ ।
  • यदि तपाईंको पार्टनरले कुनै अन्य व्यक्तिलाई बारम्बार आफ्नो फोटो पठाउँछ, वा उनीहरूबाट फोटो माग्छ भने, यो पनि माइक्रो–चिटिङको हिस्सा हो ।
  • कसैसँगको कुराकानी लुकाउन उनको नाम बदलेर सेभ गर्नु पनि माइक्रो–चिटिङ हो । यसबाहेक यस्तो कुराहरू जसले तपाईंको पार्टनरको भावनालाई चोट पुर्‍याउने काम बारम्बार दोहोर्‍याउनु हुन्छ भने यो पनि धोका नै हो ।

माइक्रो–चिटिङको पछाडि प्रायले मैले केही ठूलो कुरा त गरेको छैन भनेर सोच्छन् । तर यी साना–साना कुराहरूले पनि सम्बन्धमा दुरी ल्याउन सक्छन् । यदि तपाईंको पार्टनर पनि यस्ता कुराहरू गरिरहेको छ भने, यसबारे उनीसँग खुलेर कुरा गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved