रविको निवेदनमा सुनुवाइ सकियो

नेपालभ्युज

रविको निवेदनमा सुनुवाइ सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा आइतबार सुनुवाइ सकिएको हो । लामिछानेको निवेदन इजलासको पहिलो नम्बरमै परेको थियो ।

यही चैत २२ गते उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेशपछि चैत २२ गते नै प्रहरीको नियन्त्रणमा पुगेका उनी हाल पुर्पक्षका लागि थुनामा छन् ।

२९ चैतमा लामिछानेले आफूलाई थुनामा पठाउने आदेश खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । उनका तर्फबाट श्रीमती निकिताले निवेदन दर्ता गराएकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved