न्युओर्कको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

नेपालभ्युज

न्युओर्कको हडसन नदीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको न्युओर्क सहरस्थित हडसन नदीमा बिहीबार हेलिकोप्टर दुर्घटना भएको छ । यस दुर्घटनामा हेलिकोप्टरमा सवार सबै ६ जना यात्रुको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ ।

अधिकारीहरूले हेलिकप्टरमा पर्यटकको एक परिवार रहेको बताएका छन् । मृत्यु हुनेमा तीन बालबालिका पनि छन् ।

न्युओर्कका मेयर एरिक एडम्सले बिहीबार पत्रकारहरूलाई दिएको जानकारीअनुसार पाँचजना एकै परिवारका स्पेनिस नागरिक थिए । छैटौं व्यक्ति भने पाइलट थिए ।

न्युओर्क प्रहरी आयुक्त जेसिका टिस्चले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताइन् । मृतकका परिवारलाई सूचित नगरिएसम्म पीडितहरूको पहिचान खुलासा गरिएको छैन ।

यस दुर्घटनाको भिडिओ फुटेजमा हेलिकोप्टर आकाशबाट उल्टो फर्किएर हडसन नदीमा खसेको देखिन्छ । हेलिकोप्टरले डाउनटाउन स्काईपोर्टबाट उडान भरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved