पाँचथरमा डढेलो : एक महिलाको मृत्यु, तीन घाइते

नेपालभ्युज

पाँचथरमा डढेलो : एक महिलाको मृत्यु, तीन घाइते
तस्वीरको बायाँतिर मृतक प्रतिमा राई सम्बाहाम्फे ।

काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिकामा डढेलोमा परी एक महिलाको मृत्यु भएको छ । कुम्मायक–३ ताम्राखुकी २६ वर्षीया प्रतिमा राई सम्बाहाम्फेको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी प्रतिमालाई उपचारका लागि धरान लगिँदै गरेकोमा बाटैमा मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

उनी बिहीबार घास काट्न जङ्गलमा गएका बेला डडेलोमा परेकी थिइन् । उनीसँगै अन्य तीनजना पनि डढेलोमा फसेका थिए ।

घाइते हुनेमा ११ वर्षीया छोरी शिवाना सम्वाहाम्फे, २८ वर्षीया सपना सम्बाहाम्फे र ६० वर्षीया नीरमाया सम्बाहाम्फे घाइते भएका छन् । घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित घोपा अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार मृतक र घाइतेहरू एकै परिवारका हुन् । सोही ठाँउको डडेलो निभाउन गएका ३१ वर्षीय खगेन्द्र विक लडेर घाइते भएका छन् ।

यस्तै आगलागीले कुम्मायक गाउँपालिका–५ मा पनि क्षति पुर्याएको छ । यामबहादुर चौहानको एक घर, ग्वाली र गोठ जलेर नष्ट भएको छ ।

यसैगरी कुम्मायक–१ खाल्डे क्षेत्रमा पनि आगो फैलिएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीय बासिन्दा आगो नियन्त्रणका लागि निरन्तर खटिरहेका छन् आगलागीको कारण भने खुल्न सकेको छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved