सांसद बोहराको निधनमा बुधबार सिद्धार्थनगरमा शोक बिदा

नेपालभ्युज

सांसद बोहराको निधनमा बुधबार सिद्धार्थनगरमा शोक बिदा

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले बुधबार शोक बिदा दिने निर्णय गरेको छ।

मङ्गलबार नगर कार्यपालिका बैठकले नगरबासीसमेत रहेका सांसद दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै  बुधबार सिद्वार्थ नगरमा शोक बिदा दिने निर्णय गरेको हो ।

बिदाका दिन नगरभित्र सबै सरकारी काम रोकेर शोक मनाउने निर्णय भएको नगरपालिकाले जनाएको  छ ।  नगरमा सञ्चालित वार्षिक परीक्षा भने यथावत् रहने सूचनामा जनाइएको छ ।

रुपन्देही-३ बाट निर्वाचित सांसद बोहराको मङ्गलबार  बिहान काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved