नेपाल प्रहरीका सई घुस रकमसहित पक्राउ

नेपालभ्युज

नेपाल प्रहरीका सई घुस रकमसहित पक्राउ

लुम्बिनी । रुपन्देहीमा नेपा प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।

रुपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई ३० हजार घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।

बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरिदिने भन्दै घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले सई खड्कालाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिइन् ।

कार्यालय प्रमुख भट्टराईका अनुसार, रुपन्देहीको मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका–६ मकरीचोकबाट घुस रकमसहित पक्राउ परेका सई खड्कालाई घुस प्रकरणमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका खड्का हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीका प्रमुख हुन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved