उद्योगको लोडसेडिङ हट्ने दाबी, भारतले दिनेभयो ६०० मेगावाट बिजुली

नेपालभ्युज

उद्योगको लोडसेडिङ हट्ने दाबी, भारतले दिनेभयो ६०० मेगावाट बिजुली

काठमाडौं । भारतले नेपाललाई ६०० मेगावाट विद्युत उपलब्ध गराउने भएको छ । भारतले थप ४ घण्टा नेपाललाई विद्युत उपलब्ध गराउन सहमति दिएको ऊर्जामन्त्री दिपक खड्काले बताए ।  सहमति अनुसार इण्डियन इनर्जी एक्सचेञ्जबाट थप ६०० मेगावाट विद्युत दिने सहमति जनाएको हो ।

उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रशारण लाइनबाट नेपालमा आउने छ । हाल भारतले एक हजार ४ मेगावाट विद्युत उपलब्ध गराउँदै आएको थियो। ऊर्जामन्त्री खड्काको अनुरोध र परराष्ट्र मन्त्री आरजु राणाको कूटनीतिक पहलपछि भारतले थप विद्युत दिने सहमति जनाएको मन्त्रालयको दाबी छ।

सुख्खायाममा माग बढ्दा समस्या परिरहेको अवस्थामा भारतको यो सहमति पछि समस्या केही समाधान हुने मन्त्री खड्काले बताए । ‘नेपाली जनतालाई २४ सै घण्टा विद्युत दिन सरकार प्रतिबद्ध छ । उद्योगका समस्या पनि अब केही कम हुन्छ । जनताले  लोडसेडिङ खेप्ने कुरार हल्ला मात्र हो, हल्लाको पछि कोही पनि नलागौं,’ उनले भने।

नेपालमा सुख्खायाममा हुने विद्युत समस्याको समाधानका लागि भारतसँग गरिएको आग्रह स्वीकार हुनु खुशीको कुरा भएको उनले बताए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved