काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडिओ एप टिकटक बेच्न चीनलाई प्रस्ताव गरेका छन् ।
उनले टिकटक बेच्ने सम्झौता सुनिश्चित गरे चीनमा लगाइएको शुल्क घटाउन सक्ने बताएका छन् । उक्त एप चिनियाँ कम्पनी बाइटेन्सको स्वामित्वमा छ ।
ट्रम्पले प्लेटफर्मको लागि गैर-चिनियाँ खरीददार खोज्नको लागि अप्रिल ५ को समयसीमा बढाउन इच्छुक रहेको पनि बताएका छन् ।
यसअघि बाइडन प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । तर, जनवरीमा सत्तामा आएपछि ट्रम्पले कानुन कार्यान्वयन गर्ने ढिलाइ गरे । यो कानुन सन् २०२४ मा बनाइएको थियो । यसलाई बेच्नु वा प्रतिबन्ध लगाउनुको कारण राष्ट्रिय सुरक्षालाई दिइएको थियो ।
“टिकटकमा चीनले भूमिका खेल्नुपर्छ । मलाई लाग्छ उनीहरूले गर्नेछन्,” ट्रम्पले भने, “सायद म यस कामका लागि शुल्कमा थोरै कटौती गर्न सक्छु वा केही गर्न सक्छु ।”
यस विषयमा सम्झौताको रूपरेखा अप्रिल ५ को समयसीमा भित्र तयार हुने उनको विश्वास छ ।
Facebook Comment
Comment