एसईई परीक्षा दिइरहेका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु

नेपालभ्युज

एसईई परीक्षा दिइरहेका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु
सांकेतिक तस्वीर

गोरखा । एसईई परीक्षा दिइरहेका एककिशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘आरुघाट–४ थुमी आएका एसईई दिन आएका उनी बुधबार साँझ पौडी खेल्न बूढीगण्डकीमा गएका थिए,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास गर्द शव फेला पारेको हो ।’

खोजीका क्रममा बगाएको स्थानबाट करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेका उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved