आर्थिक अवस्था कमजोर भएका बालबालिकाको गङ्गालालमा निःशुल्क मुटुको उपचार

नेपालभ्युज

आर्थिक अवस्था कमजोर भएका बालबालिकाको गङ्गालालमा निःशुल्क मुटुको उपचार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको निःशुल्क उपचार गर्ने भएको छ ।

स्वास्थ्यमन्त्री एवं केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा बुधबार काठमाडौंमा बसेको बैठकले विपन्न, आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको मुटुको क्यान्सरसम्बन्धी उपचार निःशुल्क गर्ने निर्णय गरेको केन्द्रका कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिए । उनले यहाँ आउने आर्थिक अवस्था कमजोर भएका कोही पनि बालबालिका उपचारबाट वञ्चित हुनुनपर्ने बताए ।

मन्त्रालयले केन्द्रलाई ५०० बालबालिकाको शल्यक्रियासहित मुटुको उपचारका लागि प्रतिबालबालिका दुई लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

चालु आर्थिक वर्षको पुससम्म ४८० बालबालिकाले केन्द्रबाट निःशुल्क मुटुको शल्यक्रियासहित उपचार सेवा पाएका केन्द्रका कार्यकारी निर्देशक मल्लले जानकारी दिए ।

आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित हुन नपरोस् भनेर थप आर्थिक स्रोतको व्यवस्थापन गर्न थालिएको उनले बताए । उनका अनुसार नेपालमा एक हजार बालबालिकामध्ये आठदेखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved