अर्घाखाँची दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

नेपालभ्युज

अर्घाखाँची दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

काठमाडौं । अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

यसअघि घटनास्थलमै तीन जनाको मृत्यु भएकोमा थप एक घाइतेको पनि ज्यान गएको हो ।

अर्घाखाँची प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया उमाकी सासु रहेका छन् । सासुकाे नाम खुलेकाे छैन ।

त्यस्तै पश्चिम बर्दघाट बस्ने वर्ष ५० का बस चालक मदनकुमार विकको पनि मृत्यु भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका छन् ।

शीतगङ्गा नगरपालिका–२ को भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए ।

अर्घाखाँची बस दुर्घटना : तीन जनाको मृत्यु, १५ घाइते


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved