अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना : तीन जनाको मृत्यु

नेपालभ्युज

अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना : तीन जनाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका– २ स्थित भुवनपाटामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सुपादेउराली दर्शन गर्न गएको लु २ ख ३०३ नम्बरको बस बुधबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जानकारी दिएको छ ।

घटनाबारे एक प्रहरी अधिकारीले नेपालभ्युजसँग भने, ‘तीन जनाको मृत्यु पुष्टि भएको छ । अन्य विवरण सङ्लन गरिरहेका छौं,’ उनले ।

बसमा कति सवार थिए र अन्यको अवस्था के छ भन्ने विवरण आउन बाँकी रहेको ती अधिकारीले बताए ।

उक्त बस पश्चिम नेपाल समितिको रहेको पाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved