पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै प्राधिकरणका नयाँ कार्यकारी निर्देशक शाक्य पनि गए सर्वोच्च

नेपालभ्युज

पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै प्राधिकरणका नयाँ कार्यकारी निर्देशक शाक्य पनि गए सर्वोच्च

काठमाडौं । पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि सर्वोच्च अदालत गएका छन् ।

आफैँले हालेको चार वर्ष पुरानो मुद्दा पहिला टुङ्गो लगाउन माग गर्दै शाक्यले बुधबार सर्वोच्चमा रिट निवेदन दिएको उनीनिकट स्रोतले जनाएको छ ।

यसअघि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले शाक्यलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

यस्तै बुधबार नै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च पुगेका थिए ।

दुवैको निवेदन रुजु गर्ने प्रक्रियामा रहेकाले बिहीबार मात्र दर्ता हुने सर्वोच्च स्रोतले जनाएको छ ।

सरकारले सोमबार मात्रै घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो ।

बर्खास्तविरुद्ध कुलमान सर्वोच्चमा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved