४० अङ्कले बढ्यो नेप्से

नेपालभ्युज

४० अङ्कले बढ्यो नेप्से
प्रतीकात्मक तस्वीर

काठमाडौं । नेप्से परिसूचक बुधबार ३९.१३ अङ्कले बढेको छ । परिसूचक १.५१ प्रतिशतले बढेर २६२१.८६ बिन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज चार अर्ब २० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । अन्य समूहको परिसूचक सर्वाधिक बढेको छ । यो समूहको परिसूचक २.०९ प्रतिशतले वृद्धि भएको छ ।

आज  २३१ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको सेयर मूल्य घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved