काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा आफ्नो अन्तिम खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ ।
सिद्धार्थनगर क्रिकेट स्टेडियममा बुधबार भएको रोमाञ्चक खेलमा एपीएफले कोशीलाई २ विकेटले पराजित गरेको हो ।
यससँगै एपीएफले ९ खेलमध्ये ७ मा जित हासिल गरेर १४ अङ्क जोड्दै फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।
२५५ रनको लक्ष्य एपीएफले ४४.४ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।
एपीएफका लागि लोकेश बम र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । ८ विकेट गुमाएपछि पराजित हुन लागेको एपीएफका लागि विष्फोटक ब्याटिङ गर्दै लोकेशले खेलको स्वरुप परिवर्तन गरे ।
५४ बलमा ६ चौका र ६ चक्का प्रहार गरेका लोकेश ८४ रनमा अविजित रहे । रोहितले भने ७३ बलमा ६ चौका प्रहार गर्दै ६१ रन बनाए ।
कोशीका लागि फिर्दोश अन्सारी र दीपेश कँडेलले ३–३ विकेट लिए ।
पहिले ब्याटिङ गरेको कोशी पूरै ५० ओभरमा २५४ रनमा अलआउट भएको थियो ।
Facebook Comment
Comment