कुलमानलाई हटाएको विरोधमा राष्ट्रिय सभा बैठक पनि अवरुद्ध

नेपालभ्युज

कुलमानलाई हटाएको विरोधमा राष्ट्रिय सभा बैठक पनि अवरुद्ध

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विरोधमा प्रतिपक्षी दलले आज राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेका छन् ।

बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसद उठेका थिए । उनीहरूले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे ।

लगत्तै बोलेका माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई हटाएको भन्दै विरोध जनाएका थिए ।

त्यसपछि बैठक अघि बढ्न सकेन । र, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले १५ मिनेटका लागि भन्दै बैठक स्थगित गरे ।

यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलले अवरुद्ध गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved