काठमाडौं । मण्डला थिएटरमा चैत ६ गतेदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अन्तिम दिन चैत १२ गते मैथिली भाषाको नाटक ‘सम चाको सम चाको अबिहा हे’ मञ्चन गरिएको छ ।
लोक सञ्चार, जनकपुरको प्रस्तुति रहेको यो नाटक सांस्कृतिक परम्परा, मिथक र सामाजिक यथार्थको नाटकीय प्रस्तुति हो ।
यो नाटक नेपालको मैथिली समुदायमा मनाउने सामा-चकेवा पर्वको कथामा बनाइएको छ ।
गाउँलेहरूले पौराणिक पात्रहरूको माटोको मूर्ति बनाउँछन्, जो जादूयी रूपमा जीवन्त हुन्छन् र समुदायको गहिरो सांस्कृतिक सम्पदा तथा मिथक प्रतिबिम्बित गर्दै नाटकले वास्तविक पात्रहरूको जीवनलाई उजागर गरेको छ ।
रमेश रञ्जनको लेखन तथा अम्जद प्रवेजको निर्देशनमा बनेको नाटकमा प्रियंका झा, रीना रिमाल, रुपेश के. मण्डल, अञ्जली शाह, सुदीप पटेल, जनुका दाहाल र प्रमोद यादवले अभिनय गरेका छन् ।
तस्वीर –

Facebook Comment
Comment