गणतन्त्र पक्षधर विपक्षी दलहरू सिंहदरबारमा, बैठक जारी

नेपालभ्युज

गणतन्त्र पक्षधर विपक्षी दलहरू सिंहदरबारमा, बैठक जारी

काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सिंहदरबारमा बसिरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी रहेको बताइएको छ  ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महीन्द्रा राय यादव सहभागी छन्।

बैठकमा गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शन र सभा लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार बैठकमा सरकारका कामकारबाही लगायत अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved