वीरगञ्ज महानगरको राजस्व सङ्कलन ३३ करोड ५६ लाख

नेपालभ्युज

वीरगञ्ज महानगरको राजस्व सङ्कलन ३३ करोड ५६ लाख

पर्सा । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा  ३३ करोड ५६ लाख ८७ हजार सात सय ७८ राजस्व सङ्कलन गरेको छ ।

महानगरले गत आवको सोही अवधिको तुलनामा रु ३६ लाख ४१ हजार १६१ बढी राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी दिए । महानगरले सम्पत्ति करबापत रु १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत रु एक करोड ६८ लाख सङ्कलन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved