त्रिचन्द्रमा फेरि स्थगित भयो स्ववियु निर्वाचन

नेपालभ्युज

त्रिचन्द्रमा फेरि स्थगित भयो स्ववियु निर्वाचन

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा  स्ववियु निर्वाचन फेरि स्थगित भएको छ । निर्वाचनको सम्पूर्ण तयारी हुँदाहुँदै पनि   विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत डा. अङ्गदमणि गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले मङ्गलबार साँझ जारी गरेको सूचनामा भनिएको छ ।

‘त्रि.वि. केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि मतदानको मिति र समय तोकी अर्को सूचना प्रकाशन गर्ने गरी चैत्र १३ मा तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतदान कार्य स्थगित गरिएको छ,’ सूचनामा उल्लेख छ ।

त्रिचन्द्रको स्ववियु अध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका निर्वाचन  तोकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved