कालोपुलमा ढुङ्गा प्रहारबाट महानगरका कर्मचारी घाइते

नेपालभ्युज

कालोपुलमा ढुङ्गा प्रहारबाट महानगरका कर्मचारी घाइते

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अवैध रुपमा बनेका संरचना हटाउने क्रममा महानगरका कर्मचारीमाथि आक्रमण भएको छ । साेमबार काम अवरोध गर्न आएका समूहले ढुङ्गा प्रहार गर्दा महानगरका एक चालक कर्मचारी घाइते भएका छन् ।

घाइते कर्मचारीको दाहिने हात र दाहिने खुट्टाको घुँडानजिक गहिरो चोट लागेको महानगरले जनाएको छ । उनले अहिले उपचार भइरहेको छ ।

घाइतेको नाम भने खुलाइएको छैन ।

घटनाका दोषी पहिचान गर्न र सुरक्षा व्यवस्था कडा बनाउन नेपाल प्रहरी र प्रशासनसँग समन्वय भइरहेको महानगर स्रोतले जनाएको छ ।

यसका बीच महानगरले अवैध रुपमा बनेका संरचना हटाउने कामलाई निरन्तरता दिने बताएको छ भने सुरक्षा निकायलाई दोषी पहिचान गरी कारबाही गर्न आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved