प्रचण्डले भेटे राष्ट्रपति पौडेल

नेपालभ्युज

प्रचण्डले भेटे राष्ट्रपति पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

उनीहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिइन् ।

काठमाडौंमा जनसभा गर्ने तयारीमा रहेका प्रचण्डले राष्ट्रपति भेट्नुलाई अर्थपूर्ण रूपले हेरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved