सीजी मोटर्सले सार्वजनिक गर्‍यो रिडारा आरडी सिक्स

नेपालभ्युज

सीजी मोटर्सले सार्वजनिक गर्‍यो रिडारा आरडी सिक्स

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले चाइनिज कम्पनी जिल्ली अटो ग्रुपद्वारा निर्मित ‘फोर व्हिल ड्राइभ पिकअक’ रिडारा आरडी सिक्स नेपाली बजारमा भित्र्याएको छ ।

हात्तीवन रिसोर्टमा सोमबार एक कार्यक्रमको आयोजना गरि कम्पनीले उक्त गाडी सार्वजनिक गरेको हो ।

७३ किलोवाटको ब्याट्री क्षमतासहित ४२४ किलोमिटर मापदण्ड रहेको यो गाडीमा नेपालको जस्तो विविध भू-भागलाई ध्यानमा राखि डिजाइन गरिएको रिद्दातद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

सातवटा ड्राइभिङ मोडहरू बालुवा, हिलो, अफ-रोड , पानी , इकोनोमी र स्पोर्ट रहेको यो पिकअप एसयूभीमा २२५ मिमीको ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको दाबी छ ।

गाडीमा रहेका यी मोडहरूले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रण र अनुकूलन पिकअप क्षमता सुनिश्चित गर्दछ । अति उकालो बाटोमा सुरक्षाका लागि यसमा उन्नत ५४०-डिग्री सराउन्ड भ्यू क्यामेरा पनि समावेश गरिएको छ ।

सीजी मोटर्सको नेपालभर हाल २२ सर्भिस सेन्टर र २५० चार्जिङ स्टेसन स्टेसन रहेको छ । जसले ग्राहकहरुलाई उच्चतम सुविधा दिँदै आएको कम्पनीको भनाइ छ ।

रिडारा आरडी सिक्स (Riddara RD 6 Four Wheel Drive pickup) मा आई प्रविधि समावेश गरिएको छ । जसले अफरोडमा ४ वटा चक्कामा आवश्यकताअनुसार थ्रस्ट उत्पादन गर्नेछ ।

चाइनाको बनेको यो पहिलो इभी पिकअपमा ६ वटा एयरब्याग रहेका छन् । यो गाडीमा ८१५ मिमी सम्म वाटर प्रुफ सेन्सर रहेको छ ।

यो गाडीको मूल्य हाल सनरुफ बिना ७९ लाख ९९ हजार, सर रुफसहित ८१ लाख ९९ हजार र मल्टी फक्सनको ८२ लाख ९९ हजार रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved