कर्णाली ५८ रनमा अलआउट, रिजनको फाइफर

नेपालभ्युज

कर्णाली ५८ रनमा अलआउट, रिजनको फाइफर

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले बागमतीलाई ५९ रनको लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा कर्णाली १९.१ ओभरमा ५८ रन बनाएर अलआउट भएको हो ।

कर्णालीका लागि सुनिल धमलाले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बागमतीका लगि रिजन ढकालले ५ विकेट लिए । उनले ८.१ ओभरमा १९ रन खर्चेर फाइफर पूरा गरे । सो क्रममा १ मेडन पनि फाले । सूर्य तामाङले ४ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved