प्रधानमन्त्री कपमा आर्मीको सातौं जित

नेपालभ्युज

प्रधानमन्त्री कपमा आर्मीको सातौं जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सातौं जित हासिल गरेको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा आर्मीले लुम्बिनीलाई १३१ रनले पराजित गरेको हो ।

आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा ११२ रन बनाएर अलआउट भयो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

आर्मीका लागि साहब आलमले ४ विकेट लिए । उनले ९.१ ओभरमा २५ रन खर्चेर २ मेडन पनि फाले । नरेन साउदले २ तथा बसिर अहमद, आकाश चन्द र सोमपाल कामीले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मी ४९.२ ओभरमा २४३ रनमा अलआउट भएको थियो ।

आर्मीका बसिर अहमदले अर्धशतकीय पारी खेले । उनले १०४ बलमा ६ चौका प्रहार गरे । भीम सार्कीले ४४ रन बनाए ।

लुम्बिनीका लागि अजय चौहानले ४ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved