घट्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved